काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए । सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।
उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्ने कुरामा बढी जोड हुनुपर्ने बताए ।उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद् भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताइन् ।
प्रकाशित मितिः २०८० जेठ १८ बिहिबार
Comments