काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भ्रष्टाचार निवारण गर्ने हो भने आफैंलाई छानबिन गर्न आग्रह गरेका छन्।
पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिष्ठानमा आफ्नो संलग्नता पुष्टि गर्नसमेत चुनौति दिए । उनले आफूबाट एक पैसा दुरुपयोग भएको पाईएमा हत्कडी लगाउनसमेत आग्रह गरे ।
‘मेरो संलग्नता भेटियो र मेरो तर्फबाट एक लाल पैसामात्रै दुरुपयोग भएको रहेछ भने मलाई अहिल्यै हत्कडी लगाउँदा हुन्छ । म चुनौतिका साथ भन्छु, यी साईबर स्यालहरु, यो देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई म चुनौतिका साथ भन्न चाहन्छु, मेरो छानविन गर्नुहोस्,’– नेता खनालले भने ।
साथै, ढकाल थरका साइबर स्याल र केही ७ ८ जना केटाहरुले आफूविरुद्ध निरन्तर विरोध गरिरहेको उनको दाबी छ ।
प्रकाशित मितिः २०८० जेठ १८ बिहिबार
Comments