काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सरकारमा सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments