काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बिहीबार स्वास्थ्य परीक्षण भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको शीतल निवास स्रोतले जनाएको छ ।
डा. निरज बमको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको हो । उनको यो नियमित स्वास्थ्य परीक्षण हो । शिक्षण अस्पताल परिसरमै रहेको बीपी कोइराला लाइन्स आँखा केन्द्रमा राष्ट्रपतिको आँखा पनि परीक्षण गरिएको थियो ।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments