स्याङ्जा । स्याङ्जा-२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेल निर्वाचन आयोग पुगेर अबिलम्ब मत गणना सुरु गर्न माग गरेका हुन् ।
चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य दलले पुन मतदानको माग गरेका छन् ।सत्तारुढ दल कांग्रेस भने मतगणनाको पक्षमा छ । प्रक्रियासँगत तरिकाले मतदान सकिएकाले गणना हुनुपर्ने माग गरिएको आयोग पुगेका नेता प्रदीप पौडेलले जानकारी दिए ।
आयोगले उजुरी लिनु नै त्रुटीपूर्ण रहेको कांग्रेस नेताहरुको आयोग समक्ष दाबी थियो । मृत्यु भइसकेका व्यक्तिको नाम मतदाता नामावलीमा राख्नु आयोगकै गल्ती भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उनीहरुले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसबारेमा छिट्टै निर्णय लिने जानकारी गराएको नेता पौडेलले बताए ।
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments