काठमाडौं । स्वास्थ्यकर्मी अन्जुदेवि थपलिया झापाको झापा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन्। उनले ५ हजार ५६८ मत प्राप्त गर्दै विजयी भएकी हुन्।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी देवीमाया अधिकारीले ४ हजार ३७१ मत पाइन्। निर्वाचन आयोगका अनुसार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार जयनारायण शाह ६ हजार ९९८ मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । पराजित गौरीशंकर राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन्।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
Comments