काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएसँगै उहाँको स्वास्थ्यस्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।
दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा उनको कारोना पोजेटिभ आएको बताइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उता अध्यक्ष प्रचण्ड भने कोरोना मुक्त भइसकेको छन् ।
सीता दाहाल लामोसमय देखि स्वास्थ्य समस्यमा छिन् । पार्किन्स जस्तो लक्षण देखिने उनको रोग अहिलेसम्म पत्तो लाग्न सकिरहेको छैन । उनको भारत तथा सिंगापुरमा पटक पटक उपचार गरिएको थियो ।
तर पनि उनी पूर्णरुपमा निको भइसकेकी छैनन् । ५ वर्षअघि छोरा प्रकाश दाहालको निधन भएपछि उनलाई उक्त बिरामले च्यापेको हो ।
प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार
Comments