काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा काम गर्न नदिएकाहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार चितवनस्थित नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकारको सम्बन्धमा केही भन्न चाहन्नँ । प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारबारे टिप्पणी गर्न चाहन्नँ,’ ओलीले भने, ‘काम गर्न खोज्नुभएको थियो होला शायद, दिएनन् । मेरो खुट्टा तान्नेहरूले उहाँको खुट्टा समातिराखेका छन् ।’
तर, उनले सम्बोधनका क्रममा वर्तमान सरकारलाई दक्षिणपन्थी भन्न भने भ्याए । प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै ओलीले हँसिया हथौडा बोक्नेहरूले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको बताए ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments