काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधवार (मंसिर १५ गते) देखि गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय भएको छ । सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
फुलकोर्टको निर्णयानुसारको सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ । यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित न्यायाधीशहरूले गएको कात्तिक ८ गतेदेखि नियमित सुनुवाइ गरेका छैनन् । बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेलीसहितका सीमित प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुँदै आएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments