काठमाडौं । नेपाल बार एशोसिएसनले आज दिउँसो २ बजेदेखि सर्वोच्च अदालतबाट बालुवाटार प्रधानन्यायाधीश निवाससम्म मार्चपास गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको हो ।
प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
उता बारले १० देखि १२ सम्म अदालत परिसरमा गर्दै आएको प्रदर्शनलाई पनि निरन्तरता दिएको छ । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।
प्रकाशित मितिः २०७८ मंसिर ०९ बिहिबार
Comments