काठमाडौं । नेकपा एमालेको स्ठायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।
बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, महाधिवेशन गर्ने स्थान ,पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।
यसअघि विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ । एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुँदैछ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments