काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैँका अवसरमा शुभकामना दिएका छन् । याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् ।
ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’
To celebrate Dashain, I invited Nepali & American colleagues & their kids over to celebrate. It was so much fun! Happiest of Dashain everyone!
दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सवैमा दसैंको धेरै शुभकामना।???? pic.twitter.com/sN5DeMNeQf— Ambassador Randy Berry (@USAmbNepal) October 12, 2021
प्रकाशित मितिः २०७८ असोज २६ मंगलबार
Comments