काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक असोज ४ गते बिहान ११ बजे बस्ने भएको छ । मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो ।बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।
एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ प्रस्ताव बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
प्रकाशित मितिः २०७८ भदौ २९ मंगलबार
Comments