काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा जम्मा एउटा मात्र कार्यसूची तोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६र७७ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् ।
अन्य थप कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments