पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज संविधानको धारा १६८, ५ अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ क बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रकाशित मितिः २०७८ जेठ २९ शनिबार
Comments