काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् ।
आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा।सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् ।
प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय प्रधानमन्त्रीप्रति मेरो व्यक्तिगत रिसिइवी पनि हैन । म महात्मा गान्धीलाई सम्मान गर्ने र वचनले पनि कसैलाई हिंसा नहोस् भन्ने मान्छे हो । जुन किसिमबाट सत्ता बचाउनका लागि जुनसुकै हतकण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म आवेशमा आएर भावावेषमा आएर आवश्यकताभन्दा अलिकति बढि बोले भन्ने लागेको छ ।’
प्रकाशित मितिः २०७८ जेठ २९ शनिबार
Comments