काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।
नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंघन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट कारबाही गरिएको थियो ।
प्रकाशित मितिः २०७८ बैशाख ३० बिहिबार
Comments