काठमाडौं। भाइको निधनपछि कांग्रेस नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पौडेलले परिवार र समाजकै भरोसामा रुपमा भाइ गोविन्दराज पौडेललाई सम्झिएका छन् । उनको आज बिहान निधन भएको हो ।
‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए,’ नेता पौडेलले लेखेका छन्, ‘मेरो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।’
नेता पौडेलका भाइको निधनपछि कांग्रेसले सोमबारको लागि डाकेको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ३० सोमबार
Comments