काठमाडौं । निर्देशक सौरभ चौधरीले प्रसाद-२ निर्माण गर्ने भएका छन् । नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको दोस्रो सिरिज बन्ने भएको हो ।
‘प्रसाद-२’मा भने निर्देशक परिवर्तन हुने भएका छन् । चलचित्रको दोस्रो सिरिज सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । पहिलो सिरिजको निर्देशक दिनेश राउतले गरेका थिए ।
‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद-२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद-२’ का लागि अनुबन्धित भइसकेका छन् ।
प्रसादको सिक्वेल बन्ने, फेरि विपिन र नम्रताको जोडी नै ? चलचित्र सुभाष थापाले निर्माण गर्ने छन् । चैतको दोस्रो साताबाट छायांकनमा जाने चलचित्रको कथा पत्रकार सुशील पौडेलले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments