काठमाडौं । भारतीय अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेका खबरले लामो समय यता भारतीय संचारमाध्यम तातेको छ । लामो समय प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्न लागेकोमा अहिले भने विवाहको मिती समेत सार्वजनिक गरेका छन् ।
उनीहरुले यही जनवरी २४तारिख मा गर्ने विवाहमा कोरोना भाइरसको जोखिमका कारण परिवारको सदस्य मात्रै उपस्थित हुने बताइएको छ । करिब ४०्५० जनाको मात्रै उपस्थिति रहने भारतीय मिडियामा उल्लेख छ । पाँच दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ । विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी राखेका छन् । वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहको लेहेंगा आफै डिजाइन गरेकी छन् ।एजेन्सी
प्रकाशित मितिः २०७७ माघ ४ आइतबार
Comments