काठमाडौं । गीतकार शरदराज मैनालीको शब्द तथा स्वर रहेको नयाँ गीत ‘तिमिलाई नै माया…’ सार्वजनिक भएको छ । गीतमा शरदलाई निसान भट्टराई र विवेक आचार्यले स्वरमासाथ दिएका छन् ।
लोकपपमा रोमान्टिक शैलीले तयार परिएको गीतको भिडियोमा तीन प्रेम जोडीको ट्रयाङ्गल लभस्टोरी कथाको रुपमा प्रस्तुत गरिएको छ । चागुनारायणको त्रिसुलडाडा आसपासका स्थानमा छायाँकन भएको भिडियोमा गीतकार शरदका अलवा स्वेता क्षेत्री, विवेक आचार्य, शिखा घिमिरे, पुरुसोतम अचार्य, सपना पाण्डेको अभिनय देख्न सकिन्छ ।
सौरभ न्यौपानेले निर्देशन गरेको भिडियोमा छायाँकन रबिन श्रेष्ठ र सम्पादन टेकेन्द्रको रहेको छ । भिडियो निर्माण सुएस भट्टराइले गरेका हुन् ।
प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार
Comments