काठमाडौँ । बलिउड चर्चित अभिनेता अमिताभ बच्चनले आफ्नो अंगदानको घोषणा गरेका छन्। हिन्दी सिनेमा जगतका ’बिग बी’ले अंगदान गर्ने घोषणा गरेका हुन् । सामाजिक संजाल ट्वीटरमार्फत बच्चनले आफुले अंगदान गर्ने शपथ लिएको जानकारी गराएका हुन्।
उनले ट्वीटरमा आफ्नो लोकप्रिय शो ’कौन बनेगा करोडपति’ को सेटको तस्वीर सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्। तस्बिरमा उनले कोटमा हरियो रिबन लगाएका छन्। उनले यस हरियो रिबनको महत्व पनि भनेका छन्।
ट्वीटरमा बच्चनले लेखे, ’मैले अंगदान गर्ने शपथ लिएको छु। र यसको शुद्धता र पवित्रताको लागि मैले यो हरियो रिबन लगाएको हुँ। प्रत्येक मानिस जसले अंगदान गर्ने शपथ लिएका हुन्छन्, उनीहरुले यस हरियो रिबन पहरिने गर्छन्। ’ प्रशंसकहरूले अमिताभ बच्चनको सो पोष्टलाई सराहना गरेका छन्।
प्रकाशित मितिः २०७७ असोज १४ बुधबार
Comments