काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बिहारको मुजफ्फपुरका कलाकार अक्षत उत्कर्षको शंकास्पद परिस्थितिमा मुम्बईमा निधन भएको छ । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनले अन्तिम पटक आइतबार ९ बजे बुवासँग फोनमा कुरा गरेका थिए ।
सोही राती नै आफन्तलाई अक्षतको निधन भएको खबर आएको थियो । उनका आफन्तले सँगैको बिल्डिङमा बस्ने युवतीसहित अन्य केहि मानिसहरु मिलेर उनको हत्या गरिएको हुन सक्ने भनिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments