काठमाडौं । ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० को कार्यालय पुगेकी अभिनेत्री दीपिका पादुकोणले बाहिरिएको ह्वाट्सएप च्याट आफ्नो भएको स्वीकार गर्दै च्याटमा प्रयोग भएका कोड शब्दको खुलासा गरेकी छन् ।
बयानका क्रममा दीपिकाले आफ्नो च्याटमा उल्लेख गरिएका शब्दहरुको अर्थ एनसीबीका अधिकारीहरुलाई बताएकी छन् । आफुले ड्रग नलिएको बताउदै दीपिकाले २०१७ को आफ्नो ह्वाट्सएप च्याटमा उल्लेख भएको माल शब्दको अर्थ सिगरेट भएको बताएकी छन् । मिडिया रिपोर्टसका अनुसार दीपिकाले सिगरेटको कोड शब्द माल भएको बताएकी छन् ।
हामी सिगरेटलाई कोड भाषामा माल भन्छौं। हैश र वीड भनेको सिगरेटको प्रकार हो, अर्थात अलग अलग ब्राण्डको सिगरेट,’ उनले भनेकी छन्, ‘हैशलाई पातलो सिगरेट र र वीडलाई मोटो सिगरेट भन्छौं।’
फिल्म इण्डस्ट्रीमा केही कुरामा आफूले कोड भाषा प्रयोग गर्दै आएको र माल भनेको ड्रग्स नभई चुरोट भएको उनको वयान थियो। यति मात्र होइन दीपिका यस बाहेकका अन्य कोड शब्दको बारेमा एनसीबीका अधिकारीहरुलाई जानकारी दिएकी छन् ।
दीपिकाकी म्यानेजर करिश्मा प्रकाशले दिएको बयान र दीपिकाले दिएको बयान मिलेकाले अब एनसीबी ड्रग प्रकरणमा के गर्ने भन्ने अन्योलमा परेको बताइएको छ । एनसीबीसँग च्याट बाहेक अन्य प्रमाण नरहेकाले अब यो प्रकरणमा अगाडी बढ्न मुश्किल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments