काठमाडौं । ‘कौन बनेगा करोड़पति’ को १२ औ सिजन (केबीसी १२) आजबाट सुरु हुँदैछ। यसपटक कोरोना भाइरस संक्रमण महामारीका कारण शोमा दर्शक हुनेछैन।
तर यसका ७७ वर्षीय होस्ट अमिताभ बच्चन ढुक्कसँग प्रतियोगीसँग शुटिंग गरिरहेका छन्। शोप्रति अमिताभको डेडिकेशनको कारण हो २० वर्षअघि शोबाट पाएको योगदान हो।
एक अन्तर्वार्तामा अमिताभले केबीसीबारे भनेका छन्, ‘यो शो यस्तो बेला मसँग आयो, जब मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो। प्रोफेशनल्ली र फाइनान्सियल क्याटालिस्टको जसरी काम गर्यो। यो शोले मलाई अफ्ठ्यारो समयमा ऋण भुक्तानमा धेरै ठूलो योगदान दियो।’ पहिलो सीजनमा ८५ एपिसोडबाट अमिताभले करीब १५ करोड़ रुपैयाँ कमाएका थिए।
केबीसीमा काम गर्दा अमिताभलाई परिवारबाट पनि सहयोग थिएन्। सानो पर्दामा काम नगरुन भन्ने परिवार चाहन्थ्यो। तर अमिताभले सुरु गरे।
पहिलो सीजनकफ अपार सफलतापछि अमिताभले दोस्रो सीजनका लागि साइन गरे। तर अचानक विरामी पर्दा ८५ मा ६१ एपिसोड शुट भएको शो बन्द भयो।
अमिताभले तेस्रो सिजन होस्ट गर्न अस्वीकार गरे। यो सिजन शाहरुख खानले चलाउने अवसर पाए। जसको सुरुवात राम्रो थियो। तर होस्ट बदलिँदा फ्लप भयो। स्टार प्लस च्यानलमा प्रसारण भएको अन्तिम सिजन थियो।
चौथो सीजनदेखि ‘केबीसी’ स्टार प्लसबाट सोनी टिभीमा शिफ्ट भयो। फेरि अमिताभ नै होस्टका रुपमा कमव्याक गरे। आजपर्यन्त निरन्तर चलिरहेको छ। केबीसीको कारण भारतमा धेरैले राम्रो सहयोग पाएका छन्।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार
Comments