काठमाडौं । शनिवार दीपिका पादुकोणसँग एनसीबीले ड्रग्स प्रकरणबारे सोधपुछ गरेको थियो । सो क्रममा उनले कतिपय प्रश्नको जवाफ दिन आनाकानी गरेको बताइएको छ ।
रिपोर्टर्सका अनुसार, एनसीबीका अधिकारीहरूमाथि दीपिकाले इमोशनल कार्ड दिने प्रयास गरिन् । उनले सोधपुछकै क्रममा ड्रग्च्याटमा आफू संलग्न भएको स्विकार गरिन् । यद्यपी आफैंले ड्रग्स लिएकोबारे भने अस्विकार गरिन् ।
नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले दीपिकासँग शनिवार करिब ६ घन्टा लामो कुरा गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
सोधपुछका क्रममा दीपिका ३ पटक रोएको समेत खबरमा उल्लेख गरिएको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा नेपोटिजम र ड्रग्स प्रकरण चर्चामा छ ।
ड्रग्स प्रकरणमा अभिनेत्रीहरू तानिएका छन् भने केही निर्मातासमेतलाई हिरासतमा राखिएको छ । एनसीबीले अझै पनि ड्रग्स प्रकरणबारे अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ असोज ११ आइतबार
Comments