काठमाडौं । गायिका खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा दसैं गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक भएको छ । बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।
भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाई, बिष्णु वस्ती, अर्चना भुषाललगायतको अभिनय छ । भिडियो निर्देशन गायिका तथा कलाकार गायत्री थापाको छ ।
विदेशमा रहेका युवा दसैंमा घर आउन नपाउँदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ ।
प्रकाशित मितिः २०७७ भदौ २९ सोमबार
Comments