काठमाडौं । टिकटकमा चर्चित बालिका अकेशा पोखरेलसमेत तीज गीतमा मोडल बनेकी छन् । उनी अभिनित तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर, शब्द रहेको छ भने संगीत पनि राजनले नै गरेका छन् ।
पछिल्लो समय बजारमा भित्रिएको भन्दा फरक खालको यो गीतमा अकेशा तीजको श्रृङ्गारसहित प्रस्तुत भएकी उनी क्युट देखिएकी छन् । उनको भिडियोमा अभिनय पनि राम्रो छ । सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफी रहेको भिडियोमा अकेशालाई रोविन पोखरेल र स्मृति बस्नेतले मोडलिङमा साथ दिएका छन् ।
प्रकाशित मितिः २०७७ साउन २५ आइतबार
Comments