काठमाडौं । बंगाली फिल्मका चर्चित अभिनेता अरुण गुहा ठाकुरताको निधन भएको छ। कोरोना पोजिटिभ देखिएपछि कोलकाताको केएमआर बाङ्गुर अस्पतालमा उपचाररत अरुणको मंगलबार दिउँसो निधन भएको हो।
उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अरुणलाई जुलाई ६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिर्गदै गएको डाक्टरहरुले बताएका छन्।
बंगली अभिनेत्री सुदीप्ता चक्रवर्ती, अर्का अभिनेता प्रोसिनजित चटर्जीले सामाजिक सञ्जालमा अभिनेता अरुणलाई श्रद्धाञ्जलि दिँदै उनको निधनप्रति दुःख व्यक्त गर्दै सधैं सम्झिरहने बताएका छन्।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments