काठमाडौं । बलिउड अभिनेता सलमान खानले ‘बिग बोस’ को १४ औं सिजनका लागि आफ्नो पारिश्रमिक बढाउने भएका छन्। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार बिग बोसको नयाँ सिजनको तयारी भइरहेको छ। नयाँ फिल्मका कारण चर्चामा आइरहने सलमान हाल ‘बिग बस १४’ को पारिश्रमिकका कारण चर्चामा छन् । भारतिय मिडियाका अनुसार सलमानले ‘बिग बस १४’ को लागी आफ्नो पारिश्रमिक बढाएका छन् ।
उनले बिग बस १४ को हरेक एपिसोडका लागि १६ करोड भारु पारिश्रमिक लिने बताइएको छ । उनले यसअघि करिब १२ देखि १४ करोड भारु लिएका थिए, तर अब भने यस सिजनमा उनले पारिश्रमिक बढाएका छन् ।
यो पटक उनले पारिश्रमिक बढाएर १६ करोड पुर्याएका हुन् । यस सिजनका लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिसकिएको बताइएको छ । बिग बस–१४ अक्टोबरदेखि अन एयर हुने सम्भावना रहेको भारतिय मिडियामा जनाइएको छ ।
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments