काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् ।शुक्रवार बिहान यी दुईले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा लगनगाँठो कसेका हुन् ।
यो जोडीले कोरोनाका कारण सीमित आफन्त र परिवारको उपस्थितिमा बिहे गरेको हो । अर्जुन र दुर्गाले लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । यी दुईले काठमाडौंको अनुराग संगीत विद्यालयमा ७ वर्षदेखि एकसाथ काम गर्दै आएका थिए ।
प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार
Comments