काठमाडौं । अभिनेता प्रदीप खड्काले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खड्का र निती शाहको अभिनय रहेको ‘जय जय नेपाल’ बोलको गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यो गीतलाई अभिनेता खड्काले ‘राष्ट्रका लागि कलाकारका रुपमा योगदानको प्रयास’ का रुपमा हेरेका छन् ।
शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ ।
राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ ।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments