काठमाडौं । अभिनेता तथा चलचित्र निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाहलाई लक्षित गरेर स्टाटस लेखेका छन्।
भुवनको स्टाटस नायिका शाहको चलचित्र क्षेत्रमा भएको भित्री व्यवहारको बारेमा बोलेको सार्वजनिक भएपछि आएको हो । केही दिन अगाडि साम्राज्ञीले आफूले ५ वर्षको कामको समयमा ३ चलचित्रमा काम गर्दा नराम्रो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।
केसीको स्टाटस साम्राज्ञीको आरोपको जवाफ जस्तो देखिएको छ । ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ?सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि ! ’
उनको स्टाटसमा कसैको नाम नलेखिएको भएपनि कमेन्टमा साम्राज्ञीको नाम लेखिएको छ, साम्राज्ञीलाई गाली गरिएको कमेन्टमा भुवनले लाइक गरेका छन् । साम्राज्ञीले भुवनले निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ बाट डेब्यू गरेकी थिइन्।
प्रकाशित मितिः २०७७ असार १५ सोमबार
Comments