काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि लाइबेरियन मुलकी जस्ट सामले जिते पछि दिवेश उपविजेता बनेका हुन् ।
आज बिहान भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिए पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।
प्रकाशित मितिः २०७७ जेठ ५ सोमबार
Comments