काठमाडौं । बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । पछिल्लो समय उनी कोरोनाभाइरसका कारण घरमै समय बिताइरहेका छन् । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण फिल्मी कार्यक्रमहरु बन्द हुँदा उनी अहिले आफ्नो परिवारसँग बसिरहेका छन् ।
यसैक्रममा हालै उनको बारे एक नयाँ कुरा खुलेको छ । भारतिय मिडियाका अनुसार उनले अब दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएका छन् । उनले निर्देशक ओम राउतसँग मिलेर काम गर्ने बारे मिडियामा बताइएको छ । उनका पछिल्ला फिल्म वार, सुपर ३० ले पनि बलिउडमा हंगामा नै मच्चाएको थियो ।
प्रकाशित मितिः २०७७ बैशाख २४ बुधबार
Comments