रेखाको अपिल: ‘सावधान हौं, आतंकित नहौं’

0

 काठमाडौँ । विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेको छ । अहिलेसम्म कसैमा यसको संक्रमण नदेखिए पनि डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि हरेकको मनमा त्रास उत्पन्न भएको छ । यसको संक्रमणबाट बच्न सरकारले सार्वजनिक यातायात बन्द गर्नेदेखि अत्यावश्यक कामबाहेकका सेवा बन्द गर्ने निर्णय गरिसकेको छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले सिनेमा हलदेखि फिल्मको छायांकन र प्रदर्शन रोक्न निर्देशन दिएपछि वर्षभरी सुटिङमा व्यस्त हुने कलाकारहरु अहिले घरको चारकुनामा खुम्चिएर बस्न बाध्य भएका छन् । कति पुस्तक पढेर दिन विताइरहेका छन् भने कति फिल्म हेरेर दिन काटिरहेका छन् । फिल्मकर्मीहरुले सर्तकता अपनाउन पनि दर्शकहरुलाई आग्रह गरिरहेका छन् ।

बैशाखबाट नयाँ फिल्मको छायांकनमा व्यस्त हुने तयारीमा रहेकी अभिनेत्री रेखा थापा पनि कोरोनाको त्रासका कारण केही दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । कोरोनाका कारण फिल्मको छायांकन नहुने भएपछि उनले अहिले सामाजिक सञ्जालमार्फत् दर्शकहरुलाई सावधानी अपनाएर घरमै रहन आग्रह गरिरहेकी छन् । उनले सरकारले गरेको निर्णयको पनि स्वागत गरेकी छन् ।

शनिवार उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘सावधान हौं, आतंकित नहौं । सरकारले गरेको अपिललाई मनन् गरेर अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्कौं ।’ एक भिडियो सन्देशमा उनले सावधानी नै कोरोनाबाट बच्ने उचित उपाय रहेको बताएकी छन् । उनले कसैसँग हात नमिलाउन र अंकमाल नगर्न आग्रह गर्दै दुई हात जोडेर नमस्कार गर्न भनेकी छन् ।

प्रकाशित मितिः २०७६ चैत्र  ९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション