काठमाडौं । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । यही शुक्रबार शिल्पा र उनका श्रीमान राज कुन्द्राले सामाजिक सञ्जालमार्फत् आफ्नो घरमा छोरीको आगमन भएको खबर दिएका हुन्। उनीहरूले छोरीको नाम शमिशा शेट्टी कुन्द्रा राखेका छन्।
शिल्पाका अनुसार उनले आफ्नी छोरी जन्मिए यही नाम राख्ने आफू २१ वर्षको हुँदैदेखि सोचेको बताएकी छन्। त्यस्तै पछिल्लो पाँच वर्षयता आफूहरूले दोस्रो सन्तानका लागि प्रयास गरिरहेको पनि उनले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।शिल्पा र राजका एक छोरा भियान छन्।
शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् । बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो ।
मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा शिल्पाले भनेकी छन्, ‘हामीले दोस्रो सन्तानका लागि प्रयास गरेको पाँच वर्ष भयो। मैले ‘निकम्मा’ फिल्म साइन गरिसकेर ‘हंगामा’ का लागि समय दिइसकेको थिएँ। तर फेब्रुअरीमा हामी फेरि आमाबुवा बन्ने थाहा भयो। हामीले सबै काम सार्यौं।’
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments