काठमाडौं । गायक कृष्ण समीप सुवेदीको ‘चलन माया चल’ बोलको गीत यूट्यूवमार्फत् सार्वजनिक भएको छ। यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाइको जिन्दगी’जस्ता गीतहरमा उनले स्वर दिएका छन्।
गीतमा शब्द तथा संगीत गायक स्वयम्को रहेको छ भने गायिका कृष्णा खनालले उनलाई साथ दिएकी छन्। गीतको भिडियोमा सुन्दर एसडिएस र जुना सुन्दासको अभिनय रहेको छ। भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ।
भिडियो :
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments