काठमाडौं। आज शुक्रबारबाट देशभर दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन सुरु गरेका छन् ।आजबाट नेपाली चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शनका आएका हुन् ।
‘माछा माछा’
सुनिल गुरुङद्वारा निर्देशित चलचित्र ‘माछा माछा’मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।
रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।
सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह–लगानी छ ।
‘माया पिरिम’
टेक पौरखी राईद्वारा निर्देशित चलचित्र ‘माया पिरिम’ मा कोसिस क्षेत्री, किरण चन्द, विशाल पहारी, कालु राना, जयनन्द लामालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको ‘फोटो खिचेर’ गीतमा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले समेत नृत्य गरेका छन् ।
सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता, मोहन मरासैनी र युवराज दाहाल सह निर्माता रहेको चलचित्र ‘माया पिरिम’ सविन अधिकारीले निर्माण गरेका हुन् । चलचिमा जीवन थापाको सम्पादन, निरज कँडेलको छायाकंन, श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २० शुक्रबार
Comments