काठमाडौँ । निर्देशक दिवाकर भट्टराई नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ निर्देशन गर्ने तयारीमा रहेका छन् । यो फिल्मको लागि मुख्य कलाकारको छनोट पुरा भएको । यो फिल्ममा नायिका दीपिका प्रसाईँको साथै नायक पल शाह र मोडल निराजन प्रधान अनुबन्धित भएका छन् ।
फिल्ममा दीपिका, पल र निराजनकै मुख्य भुमिका रहने छ । यो फिल्ममा नायिका दीपिका र आर्यन सिग्देलको जोडी बाधिँने चर्चा थियो । तर, पल र निराजनको इन्ट्रीसँगै फिल्म त्रिकोणात्मक लभ स्टोरीमा बन्ने अनुमान लगाउन सकिन्छ ।
यो फिल्मको फागुनबाट छायांकन सुरु गरिनेछ । यतिबेला नायक पल शाह ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकाएर ‘ह्दयभरी’मा व्यस्त रहेका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments