काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानको ‘दबंग ३’को मुन्ना बदनाम हुवा बोलको गीत सार्वजनिक भएको छ । गीतमा सलमानसँगै वारिना हुसैन र प्रभदेवा पनि फिचर्ड छन् ।
दबंग सिरिजको पहिलो फिल्ममा मुन्नी बदनाम हुई बोलको गीत सुपरहिट भएको थियो । दबंग ३ मा आइपुग्दा मुन्ना बदनाम भएको छ । कमाल खान, ममता शर्मा र बादशाहको स्वर रहेको गीतमा शब्द दानिश साबरीको रहेको छ । भने साजिद वाजिदको संगीत रहेको छ ।
प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भुमिका रहेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रर्दशन हुँदैछ । भिडियो हेर्नुस् :
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments