काठमाडौँ । फिल्म ‘१२ सत्ताईस’को रिलिज मिति परिवर्तन भएको छ । यहि मंसिर २७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म सरेर माघ ३ मा पुगेको छ । फिल्मको प्रचार प्रचारमा प्रयाप्त समय नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस्ले जनाएको छ ।
लाइट कमेडी जनरामा निर्माण भएको फिल्म जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज, भिस्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
रेणु राना, दीपक खातिवडा र रुपक थापाले मिलेर निर्माण गरेको फिल्ममा सह–निर्माताको रुपमा गौतम शाह रहेका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments