काठमाडौँ । फिल्म ‘चपली हाइट ३’ बाट अभिनेता अर्पण थापाको लुक्स रिलिज गरिएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स मिडियालाई उपलब्ध गराएका हुन् । निकेश खड्काले निर्देशन गरिरहेको फिल्मको छायाँकन चल्दैछ ।
सार्वजनिक तस्बिरमा अर्पण थापा डरलाग्दा देखिएका छन् । पावरवाला चस्मा लगाएका उनी सिरियल किलर जस्ता देखिन्छन् । सरसर्ती हेर्दा अर्पण ‘चपली हाइट ३’ का भिलेन हुन् । फिल्ममा सम्भवतः उनले अपराधीको भूमिका निभाएका छन् । उनले यस्तै लाग्ने लुक्स फिल्म धन्दामा गरेका थिए, तर उस्तै भने होइन् ।
फिल्म ‘चपली हाइट ३’ मा अर्पणसँगै नायक अमिर गौतम नायिकाद्वाय स्वस्तिमा खड्का र सुपुष्पा भट्टको अभिनय छ । फिल्मको प्रदर्शन मिति चैत २८ गतेलाई तोकिएको छ । निर्माता अर्जुन कुमारले फिल्म फ्लोरमा गएसँगै ‘चपली हाइट ३’ को प्रदर्शन मिति आउँदो नेपाली नयाँ वर्षलाई तोकेका हुन् ।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments