काठमाडौं । नेपाली गीत संगीतमा आफ्नो फरक स्वादका गीत संगीतबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभावान गायक अंकित बाबु अधिकारीले आफ्नो अर्को बिल्कुलै नयाँ गीत ‘रफ्तार रफ्तार’ लिएर आएका छन ।
पृथक शैली, शब्द चयन र दृश्य भाषाका माध्यमबाट कलात्मक ढंगले भिडियोमा स्टोरी टेलिङ्गको प्रयोग गर्न रुचाउने गायक अधिकारीलाई रफ्तार रफ्तार बोलको गीतमा चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ ।
गीतमा स्वर र संगीत गायक अधिकारीकै रहेको छ भने शब्द अन्वेष राई थुलुङ्गको र शार्दूल श्रेष्ठ ‘च्यांग’को संगीत संयोजन रहेको छ । गीतको भिडियोमा विकेश बज्रको छायाँकन र सुनिल पौडेलको सम्पादन रहेको छ ।
नेपाली गीत संगीत क्षेत्रमा आवाज, प्रस्तुति, निर्माण पक्षबाट नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।
प्रकाशित मितिः २०७६ कार्तिक ७ बिहिबार
Comments