काठमाडौं । बलिउडका चर्ची अभिनेता सलमान खान अभिनित सन् २००९ मा रिलिज भएको फिल्म ’वान्टेड’ को सिक्वल बनाउने तयारी भइरहेको छ । यो फिल्मले सलमानको ढल्कँदो करिअरलाई नयाँ उचाइमा चढाउन महत्वपूर्ण योगदान दिएको मानिन्छ ।
फिल्मलाई ‘वान्टेड’ का निर्देशक प्रभुदेवाले नै निर्देशन गर्ने भएका छन् । तर, ‘वान्टेड’ का निर्माता बोनी कपुरले भने फिल्म निर्माण नगर्ने भएका छन् । सलमानले आफ्नो व्यक्तिगत कारणले गर्दा निर्माता बोनी कपुरलाई फिल्मको निर्माण गर्न नदिएको भन्ने खबर सार्वजनिक भएको छ ।
भारतीय मिडियाहरूमा बोनीका छोरा अर्जुन कपुर र सलमानकी बुहारी मलाइका अरोराको प्रेमका कारण सलमानले बोनीसँग काम गर्न नचाहेको उल्लेख गरिएको छ । सलमानका भइ अरबाजसँग डिभोर्स भएपछि मलाइका र अर्जुन केही समय अगाडीदेखि प्रेममा रहेका छन् ।
बोनीसँग काम गर्न नचाहेकै कारण फिल्म फ्रानचाइजी सलमान आफैँले किनेका छन् । फिल्मका लागि कलाकार, निर्माता फाइनल भएपछि फिल्मको स्क्रिप्टमा छिट्टै काम सुरु हुने भएको छ । सलमानले आफ्नो दर्शकहरुका लागि ‘दबंग ३’, ’किक २’ र ’राधे’ पछि ’वान्टेड २’ ल्याउने भएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार
Comments