काठमाडौं । दक्षिण कोरियनकी के–पप गायिका सुल्ली मृत भेटिएकी छन् । राजधानी सियोलस्थित निवासमा मृत भेटिएकी २५ वर्षीया गायिका सुल्लीले आत्महत्या गरेको आशंका स्थानीय प्रहरीले गरेको छ । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरमा मृतावस्थामा भेटेका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय गायिका सुल्ली आफ्नो व्यवहारका कारण विवादमा पर्ने गरेकी थिइन् । २५ वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए ।
तर पछि व्यावसायिक रुपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन् ।उनको वास्तविक नाम चोप जिन-रि हो ।
के–पप ब्यान्ड एफ ९एक्स०की पूर्व सदस्यसमेत रहेकी गयिका सुल्ली सन् २०१५ मा सो ब्यान्डबाट अलग भएकी थिइन् । सन् २०१७ मा सुपरहिरो फिल्म ‘रिल’ मा देखिएकी उनी स्वतन्त्रतालाई केन्द्रित गरेर गीत तयार गर्थिन् ।
विभिन्न विवादमा पनि परेकी उनी पहिलो पटक ११ वर्षको उमेरमा एउटा टेलिभिजन धारावाहिक शृङ्खलामा देखिएकी थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments