काठमाडौँ । नेपाली चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
जातिय छुवाछुतको भुमरीमा परेको प्रेमकथा बोल्ने चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् । फिल्म अन्तरजातीय प्रेममा बनेको ट्रेलरबाट थाहा हुन्छ ।
चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतमररामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्र असोज १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार
Comments