काठमाडौँ । बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेकी हुन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन सेप्टेम्बर ११ मा नेपाल आउन लागेको जानकारी दिएकी छन् ।
सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदै छु ।’ एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको यो फिल्मको ‘आजको साम’ गीतमा यी अभिनेत्रीले निकै कामुक नृत्य प्रस्तुत गरेकी छन् । यो गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ । भदौ २५ गते प्रिमियर हुने फिल्म भदौ २७ गतेदेखि मुलुकका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments