काठमाडौं । नेपालमा पहिलोपल्ट आयोजना भएको मिस्टर दाह्रीको अन्तिम प्रतिस्पर्धाकालागि ३० जना छानिएका छन ।
देशका बिभिन्न शहरमा भएको अडिसनबाट अन्तिम प्रतिस्पर्धाकालागि ३० जना युवाहरु छानिएका हुन ।
नेपालमा पहिलो पल्ट आयोजना भएको मिस्टर दाह्रीको पहिलो अडिसन एक नम्बर प्रदेशको राजधानी १८ साउन २०७६ विराटनगरबाट सुरु भएको थियो । त्यसपछि ईटहरी , बिर्तामोड , चितवन , पोखरा र काठमाण्डौमा अडिसन सम्पन्न भएको थियो ।
आयोजक थनडर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीका अनुसार सम्पन्न अडिसन मध्ये विराटनगर र विर्तामोडबाट ३, ३ जना , इटहरीबाट ४ पोखराबाट ८ , काठमाडौबाट १० र चितवनबाट २ जना युवाहरु अन्तिम प्रतिस्पर्धाको लागि छानिएका छन ।
अन्तिम प्रतिस्पर्धी युवाहरुलाई प्रतियोगिताको फाइनललागि एक महिना आन्तरिक प्रशिक्षण संचालन गरिने निर्देशक कार्कीले बताए । मिस्टर दाह्रीका सद्भावना दुत अभिषेकराज सिंह थापाका अनुसार प्रतियोगितामा सहभागी हुनेहरुले क्लिन सेभ गर्न पाउने छैनन् तर दाह्री लामो भएमा छाँटकाट गर्न चाँही पाउनेछन । प्रतियोगिताको अन्तिम अडिसन ५ असोजमा राष्ट्रिय नाचघर काठमाण्डौमा हुनेछ ।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
Comments