काठमाडौं । यस वर्षको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसनमा १६ प्रतियोगी भिड्ने भएका छन् । राजधानीमा रहेको ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित पहिलो अडिसशनबाट १६ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।
१६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीको सहभागिता रहेको उक्त अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए ।
निर्णायक मण्डलले छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा भिड्नेछन् ।
प्रकाशित मितिः२०७५ चैत २८ बिहिबार
Comments